पुर्वान्चल मुभर्स र हाम्रा सेवाहरू
हाम्रो टिमसँग अन्तर्राष्ट्रिय स्तरका हाउस-शिफ्टिङ कम्पनीहरूमा काम गरेको १५ वर्षको अनुभव छ। हाम्रो अनुभव अब हामी आफ्नै देश नेपालमा प्रयोग गर्न चाहन्छौँ। यसबाट नेपालका धेरै युवाहरूलाई रोजगारीका अवसर सिर्जना हुनेछन्, साथै हाम्रो देशमा आधुनिक र व्यवस्थित बसाइ-सराइ सेवाको नयाँ अध्याय सुरु हुनेछ।
🏠 घर, रुम, फ्लाट, पसल, होटल स्थान्तरण
घर, रुम, पसल, होटल, रेस्टुरेन्ट, वा अफिस सुरक्षित एक ठाउँबाट अर्को ठाउँ सार्न सजिलो होला भन्ने सोच्नुभएको छ भने, तपाईं गल्ती गर्दै हुनुहुन्छ। बसाइ सराइ गर्न धेरै कष्टकर, झन्झटिलो र तनाबपूर्ण हुने गर्दछ। सामान सुरक्षित राख्न प्याकिङ गर्नुपर्छ, बोक्न अनुभवी कामदार चाहिन्छ, साथै सवारी साधन, लोड-अनलोड र खोल-फिट गर्न मिस्त्रीको आवश्यक हुन्छ। त्यसैले, सुरक्षित बसाइ सराइको लागि अब ढुक्क हुनुहोस्, पुर्वान्चल मुभर्सले तपाईंको झन्झटिलो बसाइ सराइलाई सहज बनाउनेछ।
📦 सामानहरु सुरक्षित राख्न प्याकिङ गरिने
हाम्रा घरहरुमा हुने अति संवेदनशील वस्तु जस्तै फ्रिज, वासिङ मेसिन, ओभन, टुट्ने-फुट्ने ग्लास तथा सिसाका सामग्रीहरु र बहुमूल्य सामानहरुलाई जोगाउनु चुनौतीपूर्ण हुन्छ। यस्ता सामग्रीहरुलाई बचाउन पुर्वान्चल मुभर्सका दक्ष र अनुभवी सहयोगीहरुद्वारा राम्रोसँग प्याकिङ गरिन्छ। हामी बबल र्याप, कार्टुन बक्स, र अन्य सामग्री प्रयोग गरी सामानको उचित प्याकिङ गर्दै सुरक्षामा ध्यान पुर्याउँछौं, ताकि सम्पूर्ण सामानहरु गन्तव्यसम्म सुरक्षित पुगोस्।
🚗 ढुवानीका सवारी साधन भाडामा उपलब्ध
तपाईंको आवश्यकता अनुरुप हामी सामान ओसारपसार गर्न सक्ने सवारी साधन सुपथ मूल्यमा भाडाका लागि उपलब्ध गराउँदै आएका छौं। छिटो, सजिलो, सुलभ र सस्तो भाडादरमा समय र पैसाको बचत गर्नु हाम्रो उद्देश्य हो। हामीसँग साना गाडी (छोटा हात्ती, बोलेरो), मिनी ट्रक (१२-१६ फिट), मध्यम ट्रक (१७-२२ फिट) देखि ठूला ट्रकहरू (२४ फिटभन्दा बढी) सम्म उपलब्ध छन्।
🙋 लोड अनलोड गर्न दक्ष कामदारहरु
जोखिममुक्त रुपमा सुरक्षित सामानहरु लोड-अनलोड गरिनेछ। साँघुरो गल्ली, अप्ठ्यारा बाटो र सामान कोरिने, फुट्ने जस्ता समस्या आउन सक्छन्। अनुभवी कामदार नहुँदा घरको रङ कोरिने वा भत्किने क्षति हुन सक्छ। त्यसैले, पुर्वान्चल मुभर्सका अनुभवप्राप्त, दक्ष र बलिया सहयोगीहरु तपाईंको सामानलाई खराब हुन नदिन र क्षति कम गर्न सधैं तयार छन्।
🛌 फर्निचर खोल्ने र जडान गर्ने (मिस्त्री)
बसाइ सराइ गर्नु पूर्व मुख्य समस्या फर्निचरहरू खोल्नु र फिट गर्नु एक महत्त्वपूर्ण चुनौती हुन सक्छ। विभिन्न कम्पनी र साइजका खाट, पलंग, दराज, सोकेस जस्ता वस्तुहरू खोल्न र जोड्न झन्झट हुँदा अनुभवी व्यक्तिको आवश्यक पर्छ। तपाईंको तनाब र झन्झटलाई मुक्त गर्न पुर्वान्चल मुभर्सले सामानसँगै तपाईंको घरमा रहेका सम्पूर्ण फर्निचर खोल्ने र गन्तव्यमा पुर्याएर जडान गर्न दक्ष र अनुभवी कामदार उपलब्ध गराउँछ।
🛋 पंखा, कार्पेट, पर्दा लगाइने छ
पुर्वान्चल मुभर्स बसाइ सराइ मात्र होइन, नयाँ ठाउँमा तपाईंलाई आवश्यक पर्ने पंखा, कार्पेट, पर्दा लगाउनुका साथै TV लाई भित्तामा ड्रिलिङ गरी मिलाएर राखिदिने सेवा पनि प्रदान गर्दछ। हाम्रो अनुभवी टोलीले छिटो, सुरक्षित र सफा तरिकाले यो काम सम्पन्न गरी तपाईंको नयाँ घरलाई आरामदायी, व्यवस्थित र सुन्दर बनाउन सहयोग गर्नेछ।
📦 भण्डारण सेवा (Storage Service)
यदि तपाईंलाई आफ्नो सामान अस्थायी वा लामो समयको लागि सुरक्षित ठाउँमा राख्नु परेमा, हामी भण्डारण सेवा पनि प्रदान गर्दछौं। हाम्रो सुरक्षित र सफा गोदाममा तपाईंको घरायसी वा व्यावसायिक सामानहरू पूर्ण सुरक्षाका साथ राखिन्छ। तपाईं ढुक्क भएर आफ्नो काम गर्न सक्नुहुन्छ, तपाईंको सामान हाम्रो जिम्मामा सुरक्षित रहनेछ।